नेपालका तीन मन्त्री अस्ट्रेलिया भ्रमणमा, उपलब्धिहिन कार्यक्रम, एनआरएनएमा विवाद

उपलब्धीहीन कार्यक्रम, एनआरएनएमा विवाद


आफ्नो कार्यकालको अन्ततिर आइपुगेका नेपाली कांग्रेसका तीन मन्त्री र दर्जनौँ कर्मचारी यतिखेर अस्ट्रेलियाको भ्रमणमा रहेका छन्। कर्मचारीको बिदेश भ्रमणमा दुइ अर्व रुपैँया खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिँदै गर्दा मन्त्रीको बिदाइ र कर्मचारीको रजाइ सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ।

यतिखेर अस्ट्रेलियामा नेपाली कांग्रेशका युवा नेता तथा अर्थ राज्यमन्त्री उदय शम्सेर राणा लगायतको अर्थ मन्त्रालयको आधा दर्जनको टोली सिड्नी ,क्यानबेरा र ब्रिजबेनको करिब एक हप्ते भ्रमणमा रहेको छ। यस्तै कृषि राज्य मन्त्री सरिता प्रसाई पनि सचिव सुरोज पोखरेलसहित सात जना कर्मचारीको साथमा मेलवर्न भ्रमणमा छिन्।

यस्तै यसै हप्ता नेपाली कांग्रेशका युवा नेता तथा वाणिज्य मन्त्री मिन बिश्वकर्माको टोली पनि अस्ट्रेलियाको भ्रमणमा आउने पक्कापक्की भैसकेको छ।  मन्त्रीसँंग मन्त्रालयको टोली पनि ठूलै रहेकाे छ।

राजनितीक पराजय र पार्टीको निती तथा कार्यक्रम र कार्यकर्ताको निराशा मेट्न भन्दा सकिदै गरेको कार्यकाललाई स्वादिलो बनाउने सवालमा कांग्रेशी मन्त्रीहरू पनि चोखा देखिएनन्। सिड्नीका कानुन ब्यवसायी खिलेन्द्रराज तिम्सीना बताउँछन्। राज्यको ढुकुटी सक्ने सवालमा अस्ट्रेलियामा भने कुनै मन्त्रीको गतिलो कार्यक्रम देखिएन। कोहि मौरी पालन ,कोही कृषि फारम र केहि भने एनआरएन अस्ट्रेलियाको निम्ता मगाएर घुम्न आएको देखिएको छ।

अर्थराज्य मन्त्री राणाको टोलीलाई एनआरएन अस्ट्रेलियाले लगानीका विषयमा छलफलमा निम्त्याएको हो। कार्यक्रमको विषयमा स्वंय एनआरएनका कतिपय पदाधिकारी र सदस्य नै अनभिज्ञ रहेको देखियो। जुन विषय आफैँमा रहस्यमय बनेको छ। यति मात्र हैन अन्य केहि मन्त्रालयका पदाधिकारी पनि अस्ट्रेलिया आउने क्रम जारी रहेको छ। आकर्षक भत्ता र देश विदेश घुम्ने रहर र विनियोजित बजेट सक्न यस्तो खाले भ्रमणको चाजोपाँंजो मिलाइने कुरा अस्ट्रेलिया भ्रमणमा रहेको पत्रकार कविर राणाले बताए।

अर्थ राज्य मन्त्रीको भ्रमणलाई भने एनआरएन अस्ट्रेलिया भित्रै रहस्यमय मानिएको छ। कार्यसमितीलाई जानकारी नै नदिइ अध्यक्ष टोनु गोथानेले राज्यमन्त्री र कर्मचारीलाई निम्ता दिनु रहस्यमय मानिएको छ। कार्यसमितिका कोषाध्यक्ष अच्युत थपलियाले यो निकै पेचिलो र गम्भीर किसिमको मुद्दा भएकोले आगामी बैठकमा कुरा उठाइने बताए।

कार्यक्रममा पदाधिकारी अनुपस्थित

अर्थराज्य मन्त्री उदय शम्सेर राणालगायत अर्थ मन्त्रालयको टोली सम्मीलित कार्यक्रममा निम्तालु एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथाने ,महासचिव नारायण कोइराला ,सचिब देव गुरुङ ,कोषाध्यक्ष अच्युत थपलिया लगायतको ठुलो हिस्सा सहभागी नहुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। नेपालमा लगानीको संभावनाका विषयमा आयोजित गोष्ठीमा यहाँका स्थानिय व्यवसायी मात्र होइन,स्वंय पदाधिकारी समेतको अनुपस्थितिले यो कार्यक्रमका महत्त्वका बारेमा सहजै अनुमान लगाउन सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.