सामुदायिक भवनलाई घलेले दिए दुई करोड


अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवनका लागि अष्ट्रेलियाका सफल ब्यवसायी शेष घले र जमुना गुरूङले  करिब दुई करोड नेपाली रूपैया प्रदान गरेका छन्। घले दम्पतीले दुई लाख आठ सय ८८  अस्ट्रेलियन डलर प्रदान गरेका हुन्।

नेपालीहरूको सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्धेश्यले मेलवर्नमा आयोजित महापुराणमा आइतबार उनीहरूले सो रकम दान गर्ने घोषणा गरेका हुन्।

नेपाली सामुदायिक भवन निर्माणका लागि भीक्टारीयाका माहावाणीज्यदूत चन्द्र योन्जनले एक लाख डलर दान गरेका थिए। अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले ठूलो महत्व राख्ने विश्वास  गरिएको छ।

झण्डै १५ लाख डलर लागत पर्ने अनुमान गरिएको यो परियोजनाको खर्च जुटाउन मेलवर्नवासीले पुराण आयोजना गरेका हुन्। यस अभियानमा १ हजार ५ सय डलर तिरेपछि आजीवन सदस्य बन्न पाइन्छ ।

पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवनका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सक्रियतापूर्वक सहयोग प्रदान गरेको अनआरएनका उपाध्यक्ष केशब कँडेलले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.