तराईवासीको हितमा एन्टा लागिपर्ने, नयाँ अध्यक्षमा ठाकुर


तराईवासीको संगठन एसोसिएसन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया एन्टाको अध्यक्षमा अरूण कुमार ठाकुर निर्वाचित भएका छन्।

सिड्नीको ग्रयान्भिलमा भएको एन्टा अधिवेशनले अरूण कुमार ठाकुरलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। उनी सन् २००९ यता एन्टाका उपाध्यक्ष थिए।

अध्यक्षका लागि अर्का प्रत्यासि बरुण कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मत अध्यक्षमा निर्वाचित भए। उपाध्यक्षमा युवा व्यवसायी रञ्जित कुमार साह सर्वसम्मत चुनिए।

त्यस्तै सचिवमा तुलसी साह, काषाध्यक्षमा सनथ गुप्ता र सह-कोषाध्यक्षमा राम प्रवल चौधरी छानिए। कार्यक्रम संयोजकमा भने प्रभाकर साह र सह-संयोजकमा सन्तोस गुप्ता सर्वसम्मत निर्वाचित भए।

त्यस्तै कार्यसमिति सदस्यमा रोशन गुप्ता, अभिशेख कुमार झा, जुमादिन हवारी, अशोक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह र सन्दिप रौनियार चुनिए।

आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चुनिएको हो।

अधिवेशन पछि नवनिर्वाचित अध्यक्ष ठाकुरले “युवा जोश र अनुभवि पदाधिकारीको मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने र एन्टा गठनको उद्देश्यमा पूरा गर्न यो कार्यकाल महत्वपूर्ण हुने बताए।

अधिवेशनमा निवर्तमान अध्यक्ष सुभान्स साहले आफ्नो कार्यकालमा एन्टाले एउटा पहिचान बनाएको बताउदै नयाँ कार्यसमितिले एन्टा मार्फत तराईबासीहरुको सामाजिक, संस्कृतिक, शैक्षिक र आर्थिक विकासमा मद्दत पुर्‍याउने आशा व्यक्त गरे।

अधिवेशन पश्चात न्यु साउथ वेल्समा २०१७ को उच्च माध्यमिक तहमा ९८.७ प्रतिशत अंक ल्याएर १ प्रतिशत भित्र पर्न सफल विद्यार्थी विवेक मिश्रालाई सम्मान गरिएको थियो।

विवेक मिश्र महोत्तरी बथनाहा गाविसका हुन्। उनी कक्षा ६ देखि सिड्नीस्थित फोर्ट स्ट्रिट हाई स्कुलबाट पढाइ सुरू गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.