अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार सबैभन्दा मेहनति र इमान्दार नेपाली


सरकारको नयाँ सर्वेक्षणले बिदेशमा जन्मेर अस्ट्रेलिया बस्नेमध्ये सबैभन्दा धेरै नेपालीहरूले काम गर्ने गरेको देखाएको छ। यसको अर्थ नेपालीहरु मेहनतका साथै काममा इमान्दार रहन्छन भन्ने प्रमाण पनि हो। विकशित राष्ट्रमा पिआर वा नागरिकताबाहेक भइसकेपछि अल्छी गरेर काम नगर्ने र सरकारी भत्ता खाने प्रचलन बढ्दै गएको अवस्थामा नेपालीले कुल उपस्थितिको ७९.२ प्रतिशत काम गर्ने गरेको पाइन्छ।

जुन अस्ट्रेलियामा बस्ने प्रवासीमध्ये सबैभन्दा पहिलो हो। ‘काममा इमान्दारिता र लगनशिलतानै कामको प्रतिशतको ज्वलन्त उदाहरण हो,’ एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले सेतोपाटीलाई भने,‘यहाँ आएका नेपालीहरु केही गरौं भन्ने उद्धेश्यका साथ आएका हुन्छन् र उनीहरुमा लुकेर, ठगेर आँउ भन्ने भावना हुँदैन त्यसैले पनि अस्ट्रेलियनले नेपालीलाई काममा प्राथमिकता दिने गरेका हुन्।’

सरकारको तथ्यांक अनुसार पुरूषहरू सेल्स, होटल ब्यवसाय र सरसफाइमा नेपालीहरू बढी देखिएका छन् भने महिलाहरु स्वास्थ्य सेवाका साथै सपिङ मल र अतिथि सत्कारमा ब्यस्त छन्।

नेपालपछि अफ्रिकन मुलुक जिम्बाबे दोस्रोमा, ब्राजिल तेस्रो र साउथ अफ्रिका चौथो तथा क्यानेडियनहरु काम गर्नेमा पाँचौ नम्बरमा परेका छन्। सरकारको नयाँ तथ्यांक अनुरूप बेरोजगारीको प्रतिशत केही बढे पनि अस्ट्रेलियामा सम्भावना बोकेकालाई प्रसस्तै अवसर छ। साना उमेरदेखिनै काममा लाग्ने हुनाले नयाँ पीडिले कम र पाको उमेर बढी कामको चाप रहने तथ्यांकले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.