अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह-अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की निर्वाचित भएका छन्।
परिषद बैठक अमेरिकाको नेसभिल शहरमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (आइआइडियू) ईन्टरनेशनल डेमोक्रेसी युनियन (आइडियू)को भगिनी संस्था हो।
आइडियू विश्वभरका लिबरल डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था हो र यसमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ।
आइडियूको अध्यक्षमा अष्ट्रियाकी इभा डोहोलेभा निर्वाचित भएकी छिन्, सह–अध्यक्षमा नेपालबाट राप्रपाका हिक्मतजंग कार्की, महासचिवमा ग्रीसका ओस्ट्रियोस, कोषाध्यक्षमा अष्ट्रेलियाबाट तथा सह–महासचिव पदमा अमेरिकाबाट प्रतिनिधित्व भएको छ। कार्की यसअघि आइवाइडियुको उपाध्यक्ष रहेका थिए।
नयॅा कार्यसमितिका लागि भएको मतदानमा ३९ देशको आइवाइडियू सदस्य दलको प्रतिनिधित्व रहेको थियो।