अमेरिकी राष्ट्रपतिमा विजयी डोनाल्ड ट्रम्पले टोड ब्लेन्चलाई सहन्यायाधीवक्ता मनोनीत गरेका छन्।
फ्लोरिडा कंग्रेसका सदस्य म्याट गेजलाई सहन्यायाधीवक्ता मनोनीत गरेको भोलिपल्ट ट्रम्पले ब्लेन्चलाई सहन्यायाधीवक्ता मनोनीत गरेका हुन्।
ब्लेन्च वकिल हुन्।
पोर्न स्टार स्टोर्मी ड्यानियल्ससँगको सम्बन्ध लुकाउन पैसा दिएको सम्बन्धी मुद्दामा ब्लेन्चले ट्रम्पको पक्षबाट बहस गरेका थिए।
आफ्नो पक्षमा लड्ने वकिललाई ट्रम्पले आफू राष्ट्रपति विजयी भएसँगै सहन्यायाधीवक्ता बनाउने भएका हुन्।
ट्रम्पले फ्लोरिडा कंग्रेसका सदस्य म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गरिसकेका छन्।
विभिन्न पदमा मनोनीत गरेकाहरूलाई सिनेटले अनुमोदन गर्नुपर्छ जहाँ रिपब्लिकनको बहुमत छ।
यो पनिः यी हुन् ट्रम्पले अहिलेसम्म मनोनीत गरेका २० जना, कसलाई के जिम्मेवारी दिँदैछन्?