प्राकृतिक प्रकोपमाथि मानवको नियन्त्रण हुँदैन। यो ‘बेसीक कमन सेन्स’ ले भन्छ। तर त्यो प्रकोपबाट ज्यान गुमाउनेका आफन्त, जीवनको सर्वश्व गुमाउनेलाई, जीवन पुनः सुरू गर्ने धरातल खडा गरिएन भने, उनीहरुलाई जीउने आधार तयार गरिएन भने, त्यो भन्दा ‘सेन्सलेस’ समवेदना शून्य समाज कुनै हुन सक्दैन।
४ वर्ष भयो महाभूकम्प गएको हामी अझै पुनर्स्थापनाका कुरा गरिरहेका छौ। यसलाई ‘महाभूकम्प’ पनि भन्न मन लाग्दैन। यो निर्मम प्राकृतिक तान्डवलाई रोक्न सकिन्न थियो। यसलाई रोक्नुपर्थ्यो भन्नु न्युटनको सिद्दान्त ‘एभ्री याक्सन ह्याज इक्वेल एन्ड अपोजिट रिएक्सन’ लाई गलत भन्नु झै हो। विज्ञानको नियमलाई गलत भन्नु सरह हो।
अवस्य पनि कुनै पनि निर्माणमा समय लाग्छ। तर, ईन्टरनेट आविश्वकार गर्ने दुनियाँमा, यस तुछ्छ भूकम्पलाई ‘महा’ को उपाधिबाट बञ्चित गर्न चै हामी सक्थ्यौं।
२०७२ को कुरा म फेरि गरिरहन चाहन्नँ। यो जिन्दगीलाई आफ्नै बलबुतामा फेरि सुरू गर्ने प्रयास गरीरहेकाको घाऊमा नुन-चुक छरे सरह हुन्छ।
भूकम्पबाट प्रभावितबाहेक सबैले यसलाई छिट्टै बिर्सनेछन्। पाठ्यक्रममा मात्र पढ्न पाइनेछ। जसरी ९० साललाई पढिन्छ।
हामी प्रत्येक प्राकृतिक प्रकोपपछि भावुक हुन्छौ। यस्तो लाग्छ अब त हामीले पाठ सिकिसक्यौ- विपद ब्यवस्थापन (विपद, प्राकृतिक आपतको सामना गर्न तयारी, आएपछि राहत, रेस्पोन्स, रिकभरी, पुनर्स्थापना) र पुनर्निर्माण कार्यमा भविस्यमा कुनै चुक हुनेछैन। तर, हरेक पटक भविश्य झन ठूलो विपद लिएर आउँछ। हामी पुन: चुक्छौ।
मानौं विपद र चुक्नु हाम्रो नियती हो। हाम्रो पहिचान हो। पर्सा र बाराको आँधी यसको दशी प्रमाण हो।
भीषण हावाहुरीबाट प्रभावित हुने घर परिवार जसमध्ये मेरा केही परिचित मित्र पनि पर्छन्। उनीहरूबाट त्यहाँको अवस्था बुझ्दा मन कुँडिएर आउँछ र भन्न मन लाग्छ-हाम्रो दिमागमा त भूकम्प गएकै छैन। नत्र यति लापरबाहीमा हामी हुने थिएनौं। कुरा हो हाम्रो सोचको दिमागको विवेकको।
१ . हामीसँग विपद व्यपस्थान र पुनर्निर्माणका कागजमा रणनीति र कार्ययोजना हुन सक्छन्। तर, फितलो कार्यान्वयन र इमानको कमीले मृत हुन्छन्।
२. हाम्रा प्राथमिकता गलत हुन्छन्, पीडित र गरिबका दु:ख हाम्रो नजरमा पर्दैनन्, हामी पार्नै चाहन्नौं।
३. विपदमा पनि ब्यापार देख्छौ।
४. हामी विपदमा राजनीति गर्छौं।
५. हामी विपदमा जात समुदाय खोज्छौ।
यो यस्तो मानसिकताबाट समाधान होइन समस्या बल्झिन्छ मात्र। र यस्तो समाजको विवेक मरेको हुन्छ। आलोचना गर्न सजिलो हुन्छ। सिर्जना गरेर त्यसलाई मलजल गरेर हुर्काउन कठिन हुन्छ।
मलाई पनि शायद त्यही भनिएला। तर, मेरो यो आलेख आलोचनात्मक देखिएता पनि मेरो ध्येय त्यो होइन। यो आत्मा शुद्धिकरणको एउटा प्रयास हो।
जबसम्म हामी हाम्रो सोचको दायरा फराकिलो बनाउँदैनौं, तबसम्म हामी न विपद ब्यवस्थापन गर्न सक्नेछौ न पुनर्निर्माण।
हो केही उदार ब्यक्ति, संस्थाले भूकम्प पीडितका लागि उदाहणीय काम गरे। त्यसको सबैले कदर गर्नुपर्छ। तर, त्यो ‘फुट्क’" अप्रोच हो।
‘फुटकर’ अप्रोचले देश बनेको ईतिहास छैन। राज्य नै जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ। विपद ब्यवस्थापन र पुनर्निर्माणको पहिलो कर्तव्य राज्यको हो। त्यसलाई सहजिकरण गर्ने काम ब्यक्ति, संघ संस्थाको हुनसक्छ। राज्य इमान्दार हुनका लागि नागरिकहरू चेतनशील, जागरूक र जिम्मेवार हुन जरूरि छ।
मलाई दु:ख लाग्छ, देशमा ठूलै उथलपुथल भए। परिवर्तन भए। तर, चेतनामा परिवर्तन आएन। परिवर्तनले ब्यक्ति र समाजलाई पैसा थुपार्ने दौडको माहिर खेलाडी बनायो।
म माफी चाहन्छु, यति निरासावादी विचार ब्यक्त गर्ने रहर मलाई थिएन। तर, सत्य त सत्य नै हो।
हामी वास्तवमै सोच, विचार र व्यवहारले टाट पल्टँदैछौ। हामी बैंकरप्ट भईसक्यौ।
नेपाली माटोले अहिले पनि अनेकौं पटक भूकम्पीय पराकम्पन महसुस गरिरहेको छ। अब त आदत भईसक्यो। लामो समय भूकम्प गएन भने बरू हामीलाई आश्चर्य लाग्छ।
पुनर्निर्माणको त कुरा असान्धर्भिक झै लाग्छ। किनभने, यसमा यति राजनीति भयो कि, यो शब्द उच्चारण गर्न पनि घिन लागेर आउन थालेको छ।
नेपाली धर्तीमा हामीलाई न पराकम्पन चाहिएको छ। न भूकम्प। बिडम्बना! यो हाम्रो नियन्त्रणमा छैन। यसबाट बच्ने, न्यूनतम क्षति, राहत दिने पुनर्स्थापना र पुनर्निर्माणका लागि श्रोत साधन, मानव संसाधनको यथोचित ब्यवस्था र पूर्व तयारी त गर्न सक्छौ।
तर हाम्रो सामुहिक सोच त्यता तिर गएको देखिन्नँ। हामी फेरि पनि ‘राम भरोसे’ मेन्ट्यालिटीमा छौ।
अब हाम्रो दिमागमा भूकम्प जान जरूरी छ जसले हामीलाई यस राम भरोसे मोडबाट बाहिर ल्याओस्। ताकी, भूगर्भिय भूकम्प र उथलपुथुललाई परास्त गर्न सकियोस्।
व्यवस्थापन गर्न सकियोस्, प्राकृतिक विपद आइपर्दा पुनर्निर्माण गर्न सकियोस् ‘इन द स्पिड अफ लाइट।’
त्यसैले म पुनः दोहोर्याउँछु- अब हाम्रो दिमागमा भूकम्प जान अपरिहार्य भएको छ। यस्तो भूकम्प जसले हाम्रो सामूहिक विवेक र चेतनालाई जगाओस्।