नेजाको छैठौं अधिवेशन तथा बाह्रौ साधारण सभा मेरिल्याण्डमा


उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैठौं अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाई महिनामा मेरिल्याण्ड राज्यमा आयोजना हुने भएको छ।

हरेक दुई वर्षमा गरिने अधिवेशन अन्तर्गत यसपटक उक्त अधिवेशन गर्न लागेको हो। मंगलबार बसेको संस्थाका सल्लाहकार एवं पदाधिकारीसहितको बैठक र परामर्शबाट उक्त आयोजना तय गरिएको नेजाले जनाएको छ।

नेजाका सल्लाहकारसमेत रहेका बरिष्ठ पत्रकार योगेश उपाध्यायबाट उक्त आयोजनाको जिम्मेवारी दिएको संस्थाको विज्ञप्तिमा जनाएको छ।

सल्लाहकार समेत रहेका संयोजक उपाध्यायले अधिवेशनको मिति तय गरि छिट्टै जानकारी गराउने बताए। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हरेक दुई वर्षमा गरिने उक्त आयोजना पछिल्लो विधान अनुसार जुलाईमा गर्न लागेको संस्थाले जनाएको छ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने । २००७ मा स्थापना भएको नेजाले गएको अधिवेशन क्यालिफोर्नियाको लसएन्जलसमा आयोजना गरेको थियो।

त्यसैगरि संस्थाले नयाँ सदस्यता तथा नविकरणको आवेदन खुला गरेको जनाएको छ। सदस्यता वितरण तथा छानविनको जिम्मेवारी नेजाका सचिव समेत रहेका अग्नि चौलागाँईको नेतृत्वमा रहेको पुरानै टीमलाई सुम्पेको छ।

सवै क्षेत्रिय संयोजकहरु सहितको उक्त टीमले आवश्यकता अनुसार सदस्यहरु थपघट गरि आफ्नो काम गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.