ट्रम्पकाे बेलायत भ्रमण रद्द

तस्बिर: गेटी इमेज


अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे अागामी फेब्रुअरीमा हुने बेलायतकाे भ्रमण रद्द गरिएकाे छ।

भ्रमणका क्रममा ट्रम्पले लण्डनमा खुल्न लागेकाे नयाँ अमेरिकी दूतावास उद्घाटन गर्ने कार्यक्रम रहेकाे थियाे।

शुक्रबार ट्विटरमा एक वक्तव्य लेख्दै उनले अाफ्नाे भ्रमण रद्द गरेकाे बताएका हुन्। ट्वीटमा उनले भनेका छन्- अाफूलाई पूर्वराष्ट्रपति बाराक अाेबामाले लण्डनको सम्भवत:  सबैभन्दा राम्रो ठाउँमा  रहेको दूतावास कौडीको भाउमा बेचेर अर्को पायक नपर्ने ठाउँमा बनाएकाले त्यो नयाँ दूतावासको रिबन काट्न म जान्न।

उनकाे बेलायत भ्रमण पनि विवादित बन्दै अाएकाे छ। ट्रम्पका मुस्लिमविरोधी अभिव्यक्ति विवादमा पर्दै आएका छना्। हालैमात्र एक बेलायती  गोरा ‘अतिवादी’ ले गरेको मुस्लिमविरोधी ट्वीट पनि उनले रिट्विट गरेका थिए। त्यसको विरोधमा  उनको बेलायत भ्रमण रोक्न बेलायतीले हस्ताक्षर अभियान नै चलाएका थिए।

यस सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले कुनै स्पष्ट जानकारी दिएको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.