उडिरहेकाे जहाजमा पुरुष र महिला पाइलटबीच नै झगडा भएपछि…


बेलायतस्थित लन्डनबाट मुम्बईका लागि उडेको जेट एयरवेजको ककपिटमा दुई पाइलटबीच  नै झगडा भएकाे छ। अहिले ती दुवै पाइलटलाई निष्काशन गरिसकिएकाे बिबिसीले जनाएकाे छ।

विमानले दिएको बयानअनुसार जनवरी १ मा नयाँ वर्षका दिन उडानकै क्रममा दुई पाइलटबीच झगडा हुँदा उपस्थित पुरुष पाइलटले महिला पाइलटलाई झापड हानेका थिए। यसरी झगडाले गम्भीर रुप लिएपछि विमान उडिरहेकै अवस्थामा नियमको उल्लंघन गर्दै पीडित पाइलट ककपिटबाट बाहिर निस्किएकी थिइन्।

३२४ जना यात्रु बोकेको सो विमानका प्रत्यक्षदर्शीले यस्तो खबर गरेको भारतीय सञ्चार एजेन्सीले बताएका हुन्। त्यहाँ पुरुष पाइलटले त्यसरी पिटेपछि ती महिला पाइलट रुदैँ ककपिटबाट बाहिरिएकी थिइन्। उपस्थित अन्य कर्मचारीहरूले लामो समय लगाएर उनलाई सम्झाएपछि मात्र उनी ककपिटभित्र फर्किएको र विमान सुरक्षित रूपमा मुम्बईमा अवतरण गर्न सफल भएको बताइएको छ।

यस घटनाबारे जेट एयरवेजका प्रवक्ताले भने,  ‘यात्रुको सुरक्षालाई जोखिममा राखिएको हुनाले यस घटनालाई हामीले गम्भीर रूपमा लिएका छौँ। जेट एयरवेजका लागि सुरक्षा सबैभन्दा बढी महत्वको विषय हो त्यसैले अब फेरि यस्तो नदोहोर्याउनका लागि हामी  सावधानी अपनाउनेछौँ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.