मुम्बईमा फेरी अागलागी, चार जनाकाे ज्यान गयाे


मुम्बईमा बिहिबार फेरी आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकासहित चार जना व्यक्तिको मृत्यु भएको छ।

भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो। यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई जना बालबालिका रहेकाे जनाइएको छ।

मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहिबार बिहानीपख आगो लागेको थियो। सो तल्लामा रहेको परिवारका सदस्यको सो आगलागीमा परी ज्यान गएको हो।

यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन्।

मुम्बइमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो।  मुम्बइमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.