यूराेपमा अाएकाे शक्तिशाली अाँधीको कारण तीन जनाकाे मृत्यु भएको छ। इलाेनर नाम गरेको उक्त अाँधीका १६० किलाेमीटर प्रतिघण्टाको दरमा बहिरहेको छ।
स्वीट्जरल्यान्डमा एउटा रेल र ट्रक पल्टदा केही मानिस घाइते भएका छन्। जर्मनीमा सयौं घरमा क्षति पुगेको छ। फ्रान्सका केही सहरमा केही सवारीसाधन पुरिएका छन्। यातायात सेवा अवरुद्ध हुँदा फ्रान्सका केही स्कूल तथा कलेज बन्द गरिएका छन्।
भारी वर्षासँगै आएको आँधीका कारण हजारौं घरमा बिजुली आपूर्ति बन्द भएको छ भने यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
मौसमविद्हरूले वर्षा र आँधी अझै केही दिन रहने जनाएका छन्। यसअघिको एलेनर आँधीले बेलायतका सयौं घरमा दर्जनौं सवारी साधनमा क्षति पुर्याएको थियो।