प्रकृतिसँग रम्ने उत्कृष्ट गन्तब्य बल्थली होमस्टे

प्रकृतिसँग रम्ने उत्कृष्ट गन्तब्य बल्थली होमस्टे

सविनाज् होमस्टेमा बस्ने पर्यटकले ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्छः सञ्चालिका सविना


काठमाडौंको चर्को कोलाहल, धुलो र धुँवाको सास्तीबाट छुटकारा पाउने सोचाइँमा हुनुहुन्छ या साप्ताहिक बिदाको समयमा कता जाने, के गर्ने भन्ने सोचिरहनु भएको छ। यदि त्यस्तो हो भनै एउटा नजिकको गन्तब्य काभ्रेको बल्थली हुनसक्छ।

राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो बल्थली। ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ खुलेका रिसोर्ट मात्र होइन होमस्टेले पनि बल्थली जाने जो कोहीलाई आतिथ्य सत्कारसहित त्यहाँको बसाईलाई रमणिय बनाउनेछ।

ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठूलो संख्यामा पर्यटकहरु अहिले बल्थलीलाई गन्तब्य बनाउन थालेका छन्। अघिल्लो वर्षको तुलनामा तेब्बर बढी पर्यटक बल्थली पुगेका छन्। पहिले पहिले होटल र रिसोर्टमा बस्ने आन्तरिक एवम् बाह्य पर्यटकको पहिलो रोजाइ अहिले होमस्टे बन्ने गरेको होमस्टे सञ्चालिका सविना हुँमागाइँ बताउँछिन्।

‘काभ्रे आउने अधिकांश पर्यटक बल्थली आउँछन्। पहिले बनेपा, धुलिखेल र पनौतीका होटलहरु तथा रिसोर्टमा बस्न रूचाउने पर्यटक क्रमशः ग्रामिण वातावरणमा घुलमिल हुने भएकाले होमस्टे रोज्न थालेका छन्,’ उनले भनिन्,‘ हामी होम स्टेमा आउने जो कोही पर्यटकलाई पनि घरायसी वातावरण राखेर स्थानीय उत्पादन र सांस्कृतिक मनोरञ्जन दिन्छौ।’

ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली पनौतीबाट ७ किलोमिटरको दुरीमा पर्छ। बल्थली गाउँ प्राकृतिक एंव संस्कृतिक रुपले सम्पन्न रहेको छ । डाँडै डाँडाले घेरिएको र बीचमा समथर जमिन रहेको छ । बिहानी धामको झुल्कासँगै यहाँबाट हिमालहरु सहजै देख्न सकिन्छ । पनौती, खोपासी चलालगणेसस्थानलगायत फाँटहरुको दृश्यले पर्यटकहरु लोभिने गरेका छन्।

भौगोलिक बनावट र प्राकृतिक सुन्दरताको अद्घितिय रुपले उक्त क्षेत्र भरिपूर्ण छ । धार्मिक रुपमा पनि यहाँ आकर्षत गर्ने धेरै धार्मिक स्थल रहेका छन्। लडर्केश्वर महादेव, कमलादेविको मन्दिर यहाँको प्रमुख आकर्षणको केन्द्र विन्दु हो भने नमोवुद्घ पनि नजिकै रहेको छ। ट्रेकिङ मन पराउने पर्यटकको लागि त यो झनै आकर्षणको केन्द्र बन्दै गएको छ।

राजधानीबाट साप्ताहिक वा केही दिनको बिदामा रमाउन जान चाहनेले रिसोर्ट मात्र होइन होम स्टे रोज्न थालेका छन्।

‘धुँवा धुलोबाट मुक्त हुन एक दिन भए पनि मनोरम सुन्दर प्राकृतिक वातावरणमा मजा लुट्न हो भने आउनुहोस् बल्थली होम स्टे’, सविनाज् होम स्टेकी सञ्चालिका हुँमागाइँले भनिन्।

अधिकांश तामाङ बस्ती रहेको यहाँ क्षेत्री बाहुनसहितको मिश्रित बसोबास रहेको छ।

मौसमको अनुकुलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ।

अर्को विषेशता भनेको पाहुनाले खाने तरकारीजन्य उत्पादन आफ्नै बारीमा उत्पादन हुन्छ अनि पाहुनालाई तिनै अर्गानिक उत्पादनको स्वाद चखाइन्छ।

‘हामी आफ्नै बारीमा उत्पादन भएका आलु, तरकारी, सागसब्जी, सुन्तला , चामल र लोकल कुखुरा पाहुनालाई खुवाउँछौ,’ उनले भनिन्,‘होम स्टेमा बस्न आउनेको यहाँ आए पूर्ण रूपमा समय सदुपयोग हुन्छ।

कसरी पुग्ने

हिमश्रृङखला हेर्न, पदमार्गबाट यात्रा गर्दै आनन्द लिन, साइक्लिंग गर्दै मज्जा लुट्न अनि सवारी साधानबाट सोझै बल्थली पुग्न सकिने कुनै विकल्प रोज्दै एक दिनको गन्तव्य बनाउन चाहनेहरुको गन्तव्य आकर्षित छ ।

राजधानीबाट बनेपा पनौती हुँदै खोपासीसम्म बसबाट अथवा निजी सवारीबाट यात्रा गर्नुपर्ने हुन्छ ।

काठमाण्डौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट भने कच्ची सडकमा जानुपर्छ।

पछिल्लो समय भिलेज ट्रेकिङ तथा हाइकिङ गर्ने क्रम बढेको अवस्थामा खोपासीबाट १ घण्टाको पैदल यात्रा गर्दै गाउँका फाँटमा देखिने मनोरम दृष्य नियाल्दै साढे ३ किलोमिटरको यात्राबाट बल्थली पुगिन्छ।

यसका अलावा राजधानीको साँखुबाट लप्सिफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्मको ‘भिलेज ट्रेकिङ’ रुटमा पर्यटकको चाप बढ्दै गर्दा उक्त रुटबाट बल्थली पुगेर एक रात बिताउँदै त्यहाँको आतिथ्यताको मज्जा लुट्न सकिन्छ। माउण्टेन बाइक (साईक्लिङ) गर्दै पनि बल्थलीसम्मको यात्रा गरि रिसोर्टमा थकान मेटाएर फर्किने युवाको जमात पनि बढेको छ।

खर्च कति लाग्छ

सविनाज् होम स्टेमा अहिले मासिक कम्तिमा ४०देखि ६० जना आन्तरिक र बाह्य पर्यटक बस्ने गरेका छन्। उनीहरू होम स्टेमा पुग्नेबित्तिकै फूलमाला र टिकाले स्वागत गर्ने गरिन्छ। स्वागत गरेपछि दही, मोही वा सर्बत पानी दिएर पर्यटकलाई राखिन्छ।

बेलुका पुग्ने पर्यटकका लागि सांस्कृति रमाइलो देखाइन्छ। दाउरामा पकाएर बनाएको खाना खुवाइन्छ।

बिहान उठ्ने बित्तिकै चिया खाजा खुवाएर गाउँ घुमाइन्छ। हाइकिङ, नजिकैको खोलामा फिसिङ, चराचुरूङ्गीको अवलोकन गराइन्छ। मन्दिर दर्शन गर्नेका लागि लगिन्छ। त्यसपछि बिहानको खाना खुवाइन्छ। खानापछि एक छि आराम गरेर बाँकी रहेका ठाउँ घुमाइन्छ।

यदि एक दिनका लागि जाने पर्यटककले यो सबै गरेवापत १ हजार ५ सय रूपैयाँ देखि २ हजार  रूपैयाँ सम्म खर्च गर्नुपर्ने हुन्छ।

सम्पर्कः सविना हुँमागाइँ- ९८६०-१२३८१२/ ९८०८५३८३५०

इमेलl: sabinashomestaytour@gmail.com

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.