हिउँ पर्ने सिजन सुरू भएसँगै दोलखाको कालिन्चोकमा पर्यटकहरूको चहलपहल बढ्न थालेको छ। हिउँ पर्न थालेपछि कालिन्चोकमा थेगिनसक्नुको भिड हुन्छ।
विशेषगरी पुस, माघ र फागुन महिनामा कालिन्चोक घुम्न जानेहरू बढी हुन्छन्।
कालिन्चोक प्राकृतिकसँगै धार्मिक रूपले महत्त्वपूर्ण ठाउँ हो। कालिन्चोक भगवती मन्दिरको दर्शनका लागि धार्मिक पर्यटकहरू उल्लेख्य संख्यामा दोलखा पुग्छन्।
समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ।
कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो। कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ। त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो।
यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरूले पहिले नै तयारी भएर जानुपर्छ। किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको पुजारीहरू बताउँछन्।
केही वर्ष देखि सञ्चालनमा आएको केबलकारको सुविधाले अब भने भगवतीको दर्शन गर्न हिड्नु पर्ने बाध्यता हटेको छ। कुरी बजारबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको भगवतीको मन्दिर अब भने केबलकारमा जान सकिन्छ।
तस्बिरहरूः
-ink-1735964004.jpeg)
-ink-1735964003.jpeg)
-ink-1735964004.jpeg)
-ink-1735964004.jpeg)
-ink-1735964005.jpeg)
-ink-1735964005.jpeg)
-ink-1735964007.jpeg)
-ink-1735964008.jpeg)
-ink-1735964008.jpeg)
-ink-1735964006.jpeg)
-ink-1735964009.jpeg)
-ink-1735964009.jpeg)
-ink-1735964010.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी