गोरखाको सिरानचोक थालाजुङस्थित राम्चे गाउँमा क्होइबो धीं बनेपछि पर्यटकहरू आकर्षित हुन थालेका छन्।
क्होइबो धीं गुरूङ समुदायको पवित्र स्थल तथा मौलिक धार्मिक आस्थाको केन्द्र हो। जन्मदेखि मृत्युसम्म हुने विभिन्न संस्कारहरूमा क्होइबो धी अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
राम्चेमा गुरुङ समुदायको पुरोहित क्ह्याब्रे पदम बहादुर गुरुङ र चित्र बहादुर गुरुङको अगुवाइमा समाजसेवी हरीमाया गुरुङको सहकार्यमा क्होइवो धीं निर्माण सम्पन्न भएको हो।
यसले गुरुङ संस्कृति र संस्कार बुझाउने मात्र नभई स्थानीय पर्यटन प्रवर्द्धनमासमेत वृद्धि गर्ने स्थानीय बताउँछन्। अहिले पनि आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ।
बौद्ध धर्मावलम्बीको गुम्बा, हिन्दु धर्मावलम्बीको मन्दीर भएजस्तै गुरुङहरूको क्होइवो धीं हुन्छ।गुरुङ समुदायको जन्मदेखी मृत्यपछिका विभिन्न संस्कारहरू क्होइवो धींमा गर्ने गरिन्छ ।
गुरुङ संस्कारमा प्हच्यु, पैंडी, क्ह्याब्रे, लामा सबैको विधिमा क्होइवो आवश्यक हुन्छ। यो ४ दिशामा ४ वटा छ्योपा बनाइएको छ।यसले चारै दिशाको नकारात्मक शक्ति छेक्ने काम गर्छ भन्ने विश्वास छ। बिचमा बनाइएको ह्योंकैतुले सह ल्याउँछ भन्ने विश्वास छ।
क्होइवो धीं गुरुङ समुदायको बाहुल्य रहेका गाउँहरुमा देख्न सकिन्छ। यहाँ लामा, प्हच्यु, क्ह्याब्रे, पैंडीहरूलाई सहज रूपमा भेटाउन सकिन्छ। गुरुङ समुदायलाइ संगठीत गर्न पनि क्होइबो आवश्यक हुन्छ ।
गुरूङ समुदायको संस्कार र संस्कृति बुझ्न आउने र यसबारे चासो राख्नेहरू पनि दैनिक बढ्न थालेकाले पर्यटन प्रबर्द्धनका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने स्थानीय बताउँछन्।
पर्यटकलाई लक्षित गरी गुरुङ समुदायले होमस्टे समेत संचालन गरेका छन्। यो क्षेत्र विस्तारै यो पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने विश्वास स्थानीयको छ।
तस्बिरहरूः

-1735359234.jpg)
-1735359234.jpg)
-1735359235.jpg)
-1735359234.jpg)

-1735359234.jpg)
-1735359234.jpg)
-1735359233.jpg)
-1735359233.jpg)

-1735359233.jpg)
-1735359233.jpg)
-1735359232.jpg)
-1735359232.jpg)
-1735359232.jpg)
-1735359232.jpg)
-1735359230.jpg)
-1735359231.jpg)
-1735359231.jpg)
-1735359230.jpg)

