काठमाडौंको गोकर्णेश्वरस्थित जगडोल सहिद पार्क काठमाडौंबासीको नजिकैको घुम्ने ठाउँ बनेको छ।
राष्ट्रिय सहिद तथा शान्ति पार्कमा ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सम्झनामा उक्त निर्माण गरिएको हो। गोकर्णेश्वर ४ मा पर्ने यो पार्कमा विभिन्न कालखण्डका सहिदहरूको नाम र तस्बिरहरू राखिएको छ।
यहाँबाट काठमाडौं उपत्यकाको अत्यन्तै सुन्दर दृश्य देख्न सकिन्छ।
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अगुवाइमा गोकर्णमा ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सम्झनामा राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्क निर्माण गर्ने घोषणा गरिएको थियो।
२०७४ सालमा शान्ति मन्त्रालय नै खारेज भएपछि यो पार्क निर्माण आयोजना कसले हेर्ने भन्ने निकाय नै भएन। त्यसपछि गोकर्ण जङ्गल सामुदायिक वन मातहतमा ल्याएर आयोजना सहरी तथा भवन निर्माण आयोजनामा स्थानान्तरण गरिएको यज्ञडोल सामुदायिक वन तथा आयोजनाले जनाएको छ।
२०६८ सालबाट निर्माण थालिए पनि झन्डै १२ वर्षपछि उक्त पार्क बनेको हो। ठेकेदारको लापरबाही, बढ्दो निर्माण सामग्रीको लागतलगायत विभिन्न कारण देखाउँदै आयोजना धकेलिँदै गएको निर्माण पक्ष बताउँदै आएको छ।
केही तस्बिरहरू:
-1706888241.jpg)
-1706888241.jpg)
-1706888239.jpg)
-1706888241.jpg)
-1706888240.jpg)
-1706888240.jpg)
-1706888239.jpg)
-1706888239.jpg)
-1706888239.jpg)
-1706888238.jpg)
-1706888238.jpg)
-1706888238.jpg)
-1706888238.jpg)
-1706888237.jpg)
-1706888237.jpg)
-1706888236.jpg)
-1706888236.jpg)