२०७२ सालको महाभूकम्पले पश्चिम नेपालका पहाडी भू-भागमा ठूलो असर पार्यो। पुराना मौलिक संस्कृति झल्किने धरोहर अचानक खण्डहर बन्यो।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको उक्त महाभूकम्पले लमजुङको गुरूङ गाउँ राइनासलाई पनि खण्डहर बनायो। डाँडाको एउटा थुम्कामा बाक्लो गुरूङ बस्ती छ। भूकम्पले उक्त बस्ती नै भत्किएपछि मानिसहरूले गाउँ छाड्न थाले।
यसैबीच एक जना अमेरिकी नागरिक लतासाले १४ वटा एकैनासे घर निर्माण गरी गाउँलेलाई गुन लगाएका छन्। एकै नासे घर बनेपछि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होम स्टेको अवधारणा गाउँलेमा आयो।
घर बनाएर हस्तान्तरण गरेपछि १८ घरका गुरूङ गाउँलेहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गरिरहेका छन्। अहिले उक्त होमस्टे देशमा मात्रै नभई विदेशमा समेत चिरपरिचित बनेको छ।
समुद्री सतहबाट करिब १७ सय मिटर उचाइमा रहेको राइनासबाट अन्नपूर्ण र मनास्लु, हिमशृंखला तथा लमजुल हिमाल देख्न सकिन्छ।
यस्तै, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रे लगायतका मनोरम हिमश्रृंखला पनि देख्न सकिन्छ।
त्यस्तै, बाइसे-चौबिसे राज्य बखतको दरबार कोट क्षेत्रबाट मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ।
राइनासकोटले यतिबेला तमु गुरूङ समुदायको कला, संस्कृतिलाई जोगाउने काम मात्र हैन गुरूङहरूको मौलिक संग्रहालयको व्यवस्थापन गर्दै गाउँमै उत्पादिन खाद्य वस्तुहरू होमस्टेमा आउने पर्यटकहरूलाई खुवाउने गरेका छन्।
तस्बिरहरू:
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/0000/rainas%20gau%20%20%2811%29.jpg)