रारा घुम्ने दोब्बर पुगे


रारा ताल आन्तरिक पर्यटकका पहिलो रोजाईमा पर्ने स्थान हो। अहिले रारामा दिनको सयौं सख्यामा आन्तरिक पर्यटक पुग्ने गर्छन्। सडक सन्जालले रारालाई छोएपछि यहाँ आउने आन्तरिय पर्यटक सतप्रतिशत पढेका छन्। तर अझै पनि रारामा पुग्न सहज नभएको कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले बताए।

नेपालको सबैभन्दा ठूलो ताल रारा ताललाई सडक सन्जालले छोए पनि यसको आवश्यकता अनुसार स्तरोन्नती गर्न जरूरी रहेको बुढाले बताए।

सुर्खेतदेखि नाग्मसम्मको सडकको पिच भए पनि बिच भागको सडकको अवस्था अत्यान्तै नाजुक रहेको उनले बताए।

‘पहिरोले तथा वर्षातको समयमा खोल्साहरुका सडकको अवस्था नाजुक हुन्छ । केही खोला तथा खोल्साहरुका निमार्ण कार्य भईरहेको छ भने केहीमा चाडै निमार्ण गर्ने योजना रहेको छ,’ उनले भने, ‘कर्णालीको समृद्धीको आधार भनेकै पर्यटन र जडीबुडी हो। यही भएर कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन बर्ष २०७५ घोषणा गरेको हो।’

कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले धनी भएको भन्दै उनले यसको उचित सदुपयोग हुन सकेको गुनासो गरे।‘सदुपयोग हुन नसक्नुको प्रमुख कारण भनेको कर्णाली प्रदेशका सबै जिल्लाहरुमा यातायात पहुँच नहुनुका साथै हवाई सेवा नियमीत नहुनू हो,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.