जिरी जाने भन्नेबित्तिकै सबै काम छाडेर म तयार हुन्छु। जिरीले त्यसै मन तानेको हुन्छ। कतिपय अवस्थामा औपचारिक कार्यक्रममा रिपोर्टिङमा जाने गर्छु। तर अधिकांश समय जिरीको हावापानीमा रम्न मन लाग्छ। जिरी जाने साथी भेट्ने बित्तिकै क्यामेरा बोकेर पटक पटक पुगेको छु।
हुन त सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर मात्र टाढा छ जिरी। कालोपत्रे सडकमा हुइँकिएपछि एकैपटक जिरीमा आराम गर्न पुगिन्छ। जिरीको खावाडाँडाले केही समय लिन्छ फोटोप्रेमीलाई।
भर्खर निर्माण गरेका पिकनिक पार्क र भ्यूटावरले दोलखाको अधिकांश भूभाग र रामेछाप, सोलुखुम्बुको समेत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ।
यहीबाट हनुमन्ते डाँडामा पनि घुम्न जान सकिन्छ। जिरी हाटडाँडाबाट जिरेल समुदायको घनाबस्ती सिक्री जान सकिन्छ।
यहीबाट गुराँसपार्क, ठूलोवन, बुद्धपार्क र गुम्बामा जाने कच्ची बाटो छ। बुद्धपार्कबाट जिरी लिंकन बजारलाई नियालिरहन मन लाग्ने स्थलको रूपमा प्रख्यात छ।
जिरी लिंकन बजारबाट चेर्दुङ, चिज फ्याक्ट्री, स्टोनपार्क, जटापोखरी, पाँचपोखरी, तारापोखरी जाने मार्ग प्रशस्तै छन्। साथै, यही लिंकन बजारलाई सगरमाथाको प्रवेशद्वारको रूपमा लिइन्छ।
जिरीबाट ३ देखि ५ दिनको अवधिमा धेरै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ।
जिरी लिंकन बजार नजिकै पनि धेरै पार्क, ताल तलाउ र पुरानो जिरेल बस्तीहरू अध्ययन अवलोकन गर्न सकिन्छ।
हुन त दोलखा भित्रिएका जोकोही पनि एकपटक जिरी टेकेर मात्र फर्किने गर्छन्। जिरीको प्राकृतिक सुन्दरतालाई बयान गरेर सकिँदैन। झन् मौलिक संस्कृति र अर्गानिक खानपिनले त जिरी धनी नै मानिन्छ।
जिरेल समुदायको आफ्नै परम्परा र संस्कृतिले धानेको जिरी मानिन्छ।
जिरी पुगेका पर्यटकले वास्तविक जिरी चिन्नको लागि एक दुई दिनको बसाइ आवश्यक पर्दछ। जिरीबाट फर्किंदा याकको चिज र जिरीको चिया कोसेलीको रूपमा लैजान सकिन्छ।
जिरीलाई नेपालीले मात्र होइन स्वीसले पनि मन पराइएको ठाउँ भएकाले तपाईं पनि एक पटक घुम्न आउने कि जिरी?
जिरी उद्योग वाणिज्य संघले यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म दोस्रो जिरी महोत्सव आयोजना गरेको छ।
तस्बिरहरू:
-1712384059.jpg)
-1712384058.jpg)
-1712384058.jpg)
-1712384057.jpg)
-1712384057.jpg)
-1712384057.jpg)
-1712384056.jpg)
-1712384054.jpg)
-1712384055.jpg)
-1712384055.jpg)
-1712384056.jpg)
-1712384054.jpg)