आयोगलाई गाडी किन्न अर्थको सहमति

अर्थ मन्त्रालयः तस्बिरः अनिश रेग्मी


निर्वाचन आयोगका लागि करिब १४ करोड मूल्य पर्ने नयाँ पाँच गाडी खरिद गर्न अर्थ मन्त्रालयले बजेटको सहमति दिएको छ।

आयोगले स्थानीय तहको चुनावका लागि गत वर्ष पाएको बजेटबाटै गाडी किन्ने प्रयास गर्दा रोकेको अर्थले अहिले सहमति दिएको हो । गत वर्ष चुनावका लागि आयोगलाई १० अर्वन्दा बढी रुपैयाँ निकासा दिएको थियो । आयोगले त्यही रकमबाट १४ करोडका गाडी किन्न खोजेको थियो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

अर्थको बजेट तथा कार्यक्रम प्रमुख महाशाखा प्रमुख केवल भण्डारीले चालू आर्थिक वर्षको पुँजीगत बजेटबाट आयोगले सवारीसाधन किन्न सक्ने जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.