सत्ता गठबन्धनका संयुक्त उम्मेदवारविरूद्ध उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका राजसमझ चौधरीले कैलालीको कैलारी गाउँपालिका अध्यक्ष जितेका छन्।
उनले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई हराएका गरेका हुन्।
राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।
उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन्।
गठबन्धनले त्यहाँ माओवादीलाई अध्यक्ष दिए पनि चौधरीले कांग्रेसबाटै चुनाव लडेका थिए।
०७४ को चुनावमा यहाँ माओवादीका लाजुरामले चुनाव जितेका थिए।