मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले अग्रता कायम राखेकी छन्।
५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६ मत पाएकी छन्। दोस्रो स्थानमा रहेका एमालेका अनन्त पौडेलले १४ हजार ९७६ मत ल्याएका छन्।
यसअघि दोस्रो स्थानमा रहेका राप्रपाका दीपकबहादुर सिंह १४ हजार ४१७ मतसहित तेस्रो स्थानमा छन्।
उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाले २३ हजार२ मत पाएका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले १६ हजार ७३५ मत ल्याएका छन्। राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ३ हजार ५९४ मत पाएकी छन्।