वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी (जसपा)ले ८ हजारको भन्दा बढी अग्रता लिएको छ।
सत्ता गठबन्धनको तर्फबाट जसपा उम्मेदवार राजेशमान सिंहले १६ हजार ३ सय ६४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजय सरावगीले ८ हजार ३ सय मत पाएका छन्।
अहिलेसम्म ३० हजार १ सय ६३ मत गणना भएको छ। उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत पाएका छन्।
उपमेयरमा लोसपा उम्मेदवार पुरुषोतम लाल झाले २ हजार २ सय ७३ मत पाएका छन्।