बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार झन्डै पाँच हजार मतले अगाडि छन्।
एमालेका मेयर उम्मेदवार विनोदप्रसाद साहले १६ हजार ४ सय ३६ मत पाएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजेश राय यादवले ११ हजार ८ सय ४२ मत ल्याएका छन्।
उपमेयरमा पनि एमालेकै अग्रता छ।
एमालेका रौशन परविनले १२ हजार ६ सय १ मत ल्याएका छन्।
जनता समाजवादीका पार्टी (जसपा) का प्रमोदप्रसाद गुप्ताले १२ हजार ४ सय ८४ मत ल्याएका छन्। अहिलेसम्म ३३ हजार ९९ मत गणना भइसकेको छ।
यो उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिएका हुन्। २०७४ को निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर जितेको थियो।