अर्घाखाँचीको पाणिनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका टेकराज न्यौपानेले सत्ता गठबन्धनलाई हराउँदै अध्यक्ष जितेका छन् भने नर्मदा गौतम(पौडेल)ले उपाध्यक्ष जितेकी छन्।
मालारानी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ। यो गाउँपालिकामा सत्ता गठबन्धनलाई हराउँदै एमालेका दलबहादुर भट्टराई अध्यक्ष र दीपा पोख्रेलले उपाध्यक्ष जितेका छन्।
सन्धिखर्क नगरपालिकामा पनि एमालेले सत्ता गठबन्धनलाई पराजित गरेको छ। एमालेका कृष्णप्रसाद श्रेष्ठ प्रमुख र मिश्रा आचार्य उपप्रमुखमा विजयी भएका छन्।
सत्ता गठबन्धनको तर्फबाट छत्रदेव गाउँपालिकामा कांग्रेसका चन्द्रमान श्रेष्ठले अध्यक्ष जितेका छन्। उपाध्यक्षमा भने एमालेका मनी पन्थी विजयी भएका छन्।
भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाका छविलाल थापा र माओवादी केन्द्रका बाल कृष्ण बन्जाडे विजयी भएका छन्।
सितगंगा नगरपालिकामा कांग्रेसका छविलाल पौडेल प्रमुखमा निर्वाचित भएका छन्, उपप्रमुखमा एमालेकी गीता भाट विजयी भएकी छन्।
२०७४ को निर्वाचनमा अर्घाखाँचीमा कांग्रेस-माओवादी गठबन्धन भएको थियो। त्यो बेला एमालेले मालारानी गाउँपालिकामा मात्रै अध्यक्ष/उपाध्यक्ष जितेको थियो। त्यतिबेला पाँच वटा पालिकामा जित निकाल्न नसकेको एमालेले अहिले तीन पालिका जितेको हो।