नेपाली कांग्रेसले झापाको भद्रपुर नगरपालिकाको मेयर जितेको छ।
कांग्रेस उम्मेदवार गणेश पोखरेलले मेयर जितेका हुन्। उनले १२५२५ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्।
उपमेयर भने राप्रपाले जितेको छ। राप्रपा उम्मेदवार राधा कार्कीले ९२३० मतसहित उपमेयर जितिन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्डारी उपमेयरमा पराजित भए। उनले ८५३३ मत ल्याएका थिए।