विराटनगर महानगरपालिका वडा नम्बर ३ का मतगणना भइरहेका बेला पङ्खा नभएको भन्दै उम्मेदवारका प्रतिनिधि निस्किएपछि मतगणना स्थगित भएको छ।
गणना भइरहेको कोठामा पङ्खाले हावा फाल्न छाडेपछि गर्मीमा गणना गर्न नसकिएको भन्दै उनीहरू गणना स्थलबाट बाहिर निस्केका थिए।
पङ्खा बनाउन प्राविधिक बोलाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए। अब छिट्टै मतगणना सुरू गरिने उनले बताए।
३ नम्बर वडाको मत गणना मंगलबारदेखि चलेको थियो। अन्य कोठामा भने मतगणना भइरहेको छ। विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयका ९ वटा कक्षा कोठामा मतगणना भइरहेको छ।