रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेकी रिनाकुमारी साह निर्वाचित भएकी छन्।
साहले नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादवलाई पराजित गरेकी हुन्।
साहले ५ हजार ५ सय ६४ मत ल्याएकी छन् भने माओवादीका यादवले ३ हजार ६२ मत ल्याएको एमाले स्थायी कमिटी प्रभु साहले जानकारी दिए।
साह दोस्रो कार्यकालको लागि मेयर बनेकी हुन्। २०७४ सालमा उनी मधेस प्रदेशको एकमात्र उपमेयर बनेकी थिइन्।
त्यो बेलामा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। एमाले र माओवादी एकता भएर गठन भएको नेकपा विघटन भएपछि उनले एमाले रोजेकी थिइन्। साह नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहकी श्रीमती हुन्।
मौलापुरको उपमेयरमा एमालेकै तर्फबाट नागेन्द्रप्रसाद यादव विजयी भएका छन्। उनले ४ हजार ९ सय १४ मत ल्याएका छन्। दोस्रोमा रहेकी माओवादी केन्द्रकी रिनाकुमारी साहले ३ हजार ४ सय ४ मत ल्याएकी छन्।