नेकपा माओवादी केन्द्रले जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेको छ।
अहिलेसम्म गरिएको मतगणना अनुसार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राजन पौडेलले १७ हजार ९ सय १८ मत पाएका छन्।
दोस्रोमा स्थानमा रहेकी एमाले उम्मेदवार सरस्वती चौधरीले १६ हजार ३ सय ४१ मत पाएकी छन्।
अझै केही मत गणना हुन बाँकी छ। मत गणना हुन बाँकी भएको मतभन्दा एमाले उम्मेदवारसँगको मतान्तर धेरै भएकाले पौडेलको जित सुनिश्चित भएको हो।
जितपुर सिमराका २४ मध्ये १२ र १३ वडाको मतगणना जारी छ।
आफ्नो जीतलाई अब औपचारिक घोषणा मात्र बाँकी रहेको पौडेलले सेतोपाटीलाई बताए।
उपमेयरमा भने एमालेले जित्ने निश्चित भएको छ। एमालेका भोला प्रसाद अधिकारीले अग्रता लिएका छन्।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी मेघा शाही पछि परेकी छन्।