गोरखाको पालुङटारमा रोकिएको मतगणना कार्य सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर मतगणना गर्न आयोगले निर्देशन दिएको छ।
मतगणना गर्न राजनीतिक दल, उम्मेदवार र निजका प्रतिनिधि सहमत नभए पनि मतगणना अगाडि बढाउन आयोगले निर्देशन दिएको हो।
वडा नम्बर ६ पौवाटारको मतगणना गर्न लाग्दा एउटा मतपेटिकामा शिल नभएको भन्दै विवाद भएपछि आज दिउँसोदेखि मतगणना रोकिएको थियो।
आयोगले निर्देशन दिएको केहीबेरपछि मतगणना कार्य सुरू भएको छ।