कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्।
लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका भट्टले ६ हजार १७१ मत ल्याए।
यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार गंगादेवी विजयी भएकी छन्।
उनले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।