२०७४ को स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले ताप्लेजुङका ९ मध्ये ४ पालिकामा गठबन्धन गरेका थिए।
जसमध्ये सिदिङवा गाउँपालिकामात्रै गठबन्धन सफल भएको थियो। कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेको थियो। फुङलिङ नगरपालिकाको प्रमुखमा कांग्रेस पराजित भएको थियो भने माओवादीले उपप्रमुखमा जित निकालेको थियो। मेरिङदोन गाउँपालिकामा कांग्रेसले प्रमुख जिते पनि माओवादी केन्द्रले उपप्रमुख जित्न सकेन।
याङवरक गाउँपालिकामा भने गठबन्धन दुबै पदमा पराजित भयो। आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस आफैंले प्रमुख जितेको थियो भने एमालेले उपप्रमुख जितेको थियो। ९ स्थानीय तहमध्ये एमालेले ६ ठाउँमा जितेको थियो।
यस पटकको निर्वाचनमा भने एमाले ३ पालिका मात्रै जितेको थियो। अघिल्लो पटक कांग्रेसले एक्लै जितेको आठराई त्रिवेणी गाउँपालिकामा एमालेले गठबन्धनलाई हराएको छ। सिदिङवा गाउँपालिका र पाथीभरा याङवरक गाँउपालिकामा भने गठबन्धन पराजित भएको छ। सिदिङवामा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ। यसपटकको गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) पनि थियो। उसले मेरिङदोन गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
ताप्लेजुङको हकमा गठबन्धनलाई पहिलाभन्दा यसपटक दोब्बर फाइदा मिलेको छ।
पाँचथरको ८ मध्ये ७ ठाउँमा गठबन्धनले जितेको छ। ६ मध्ये याङवरक गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनलाई हराएको छ। हिलिहाङ गाउँपालिकामा भने कांग्रेसले प्रमुखमा जित्दा नेकपा एकीकृत समाजवादीले उपाध्यक्षमा हारेको छ।
गठबन्धनका कारण सबैभन्दा धेरै फाइदा माओवादीलाई भएको छ। उसले १ ठाउँमा प्रमुख र ५ ठाउँमा उपप्रमुख जितेको छ। २०७४ को निर्वाचनमा कांग्रेसले ४ पालिका जितेको थियो।
यी दुई जिल्लाको परिणामले भन्छ कि कांग्रेस र माओवादी मिलेर एमालेको गढ राम्रैसँग भत्काएका छन्। अर्थात् गठबन्धन फापेको छ।
यो निर्वाचनमा पूर्वी पहाडका ५० पालिकामा गठबन्धन भएको थियो। जसमध्ये ३१ पालिकामा गठबन्धनले सफलता पाएको छ। २ पालिकाको नतिजा आउन बाँकी छ।
इलाममा भने गठबन्धनलाई खासै सफलता मिलेको छैन। इलामको चुलाचुलीमा कांग्रेसले प्रमुखमा जिते पनि माओवादी केन्द्रले उप प्रमुखमा हारेको छ। देउमाई नगरपालिकामा गठबन्धनलाई एमालेले हराएको छ। फाकफोकथुम गाउँपालिका, माई नगरपालिका र माइजोगमाई गाउँपालिकामा गठबन्धन पराजित भएको छ। सन्दकपुर गाउँपालिकामा कांग्रेसले अध्यक्ष जितेको छ भने नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष जितेको छ। सूर्योदय नगरपालिकाको नतिजा आउन बाँकी छ। संखुवासभाको खाँदबारी नगरपालिका, मादी नगरपालिका,चिचिला र मकालु गाउँपालिकामा गाउँपालिकामा कांग्रेस र माओवादी गठबन्धन भएको थियो। जसमध्ये खाँदबारीमा कांग्रेसले प्रमुख जित्यो भने मकालुमा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेको छ।
पाँचखपन र सभापोखरी गाउँपालिकामा गठबन्धन गरेर कांग्रेसले प्रमुख र नेकपा एकीकृतले उपप्रमुख जितेको छ। भोटखोला गाउँपालिकामा एमालेले कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई हराएको छ।
तेह्रथुमका ६ पालिकामध्ये आठराई,छतर, गाँउपालिकामा तालमेल भएको थियो। आठराईमा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेको छ। छतरमा गठबन्धन पराजित भएको छ।
भोजपुरका ९ मध्ये टेम्केमैयुङ,रामप्रसाद राई गाउँपालिका, षडानन्द नगरपालिकामा तालमेल भएको थियो। टेम्केमैयुङ गाउँपालिकामा कांग्रेसले प्रमुख जितेको छ भने नेकपा एकीकृत समाजवादी उपाध्यक्षमा पराजित भएको छ। रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्र अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको छ। षडानन्द नगरपलिकामा भने कांग्रेस मेयरमा पराजित भएको छ तर उपमेयरमा माओवादी केन्द्रले जितेको छ।
धनकुटाका ७ पालिका मध्ये सबैमा २०७४ मा एमालेले क्लिन स्वीप गरेको थियो। तर यसपटक गठबन्धनको सहाराले कांग्रेसले ३ पालिका जितेको छ भने माओवादी केन्द्रले १ पालिकामा उप प्रमुख जितेको छ।
खोटाङको खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा गठबन्धनकै बलमा माओवादी केन्द्रले अध्यक्ष कांग्रेसले उपाध्यक्ष जितेको छ। दिक्तेल रूपाकोट मझुवागढी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेको छ। बराहपोखरी गाँउपालिकामा कांग्रेसले प्रमुख र नेकपा एसले उपप्रमुख जितेको छ। रावाबेसी गाउँपालिकामा कांग्रेसले प्रमुख जितेको छ भने माओवादी केन्द्रले उपप्रमुखमा हारेको छ।
ओखलढुगांको चिसंखुगढी गाँउपालिकामा माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको छ। मेलुङ गाउँपालिकामा गठबन्धन पराजित भएको छ। सिद्धीचरण नगरपालिकामा कांग्रेसले प्रमुख जितेको छ भने उपप्रमुखमा माओवादी केन्द्र पराजित भएको छ।