भतरपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल दुई हजार मतले अगाडि छिन्।
३० हजार २५२ मत गणना गर्दा उनले ११ हजार ९० मत पाएकी हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ९०९० मत पाएका छन्।
रेनु गठबन्धनबाट मेयरमा उठेकी हुन्।
यस्तै भुँइकटहर चुनाव चिन्हबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४९५८ मत पाएका छन्।
उपमेयरमा गठबन्धनको कांग्रेसबाट उम्मेदावरी दिएका चित्रसेन अधिकारीले १३ हजार २४५ मत पाएका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल गुरूङले ७३७१ मत पाएका छन्।