'फूल फुल्यो' बोलको गीत सार्वजजिक गरिएको छ।
सोमबार बिन्ध्यवासिनी म्युजिक युट्युबबाट सार्वजनिक गीतमा तारा अधिकारीको स्वर छ।
गीतका शब्द सञ्चारकर्मी समेत रहेकी राधिका अधिकारीले कोरेकी हुन्। दीपक शर्माको संगीत रहेको गीत एरेन्जको काम सविन सुवेदीले गरेका हुन्।
गीतमा मायाप्रेमको कुरा गरिएको छ। उमेर ढक्लिए पनि मनको माया नमरेको भाव गीतमा व्यक्त गरिएको छ।
भिडिओमा सागर खनाल र स्मारिका ढकाल फिचर्ड छन् भने प्रहिल कार्कीको निर्देशनमा भिडिओ बनेको हो।
भिडिओमा भूपेन्द्र थापा मगरको छायांकन, माधव बेल्वासेको सम्पादन छ।
भिडिओः