पछिल्लो समय 'रात किन हुन्छ हजुर' बोलको गीत चर्चामा छ। यो प्रदर्शनरत फिल्म 'अञ्जिला' मा समावेश गीत हो।
यो गीतमा हजारौं टिकटक, रिल्स भिडिओ बनेका छन्।
यी प्लेटर्फममा गीतको चर्चासँगै युट्युब भ्युज पनि बढ्दो छ। गीतलाई रिलिजको ९ दिनमा युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ।
स्याड भर्सनको गीतमा गायक थानेश्वर गौतम र गायिका शान्तिश्री परियारको स्वर छ। शब्द प्रभा बर्तौलाले कोरेकी हुन्। संगीत गायक गौतम स्वयंको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्।
भिडिओमा फिल्मकी शीर्ष कलाकार एन्जिला तुम्बापो सुब्बा फिचर्ड छिन्।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान उनै सुब्बाको जीवनकथामा 'अञ्जिला' फिल्म बनेको हो।
मिलन चाम्स निर्देशित फिल्मले राम्रो व्यापार गरिरहेको छ।