गायिका एलिना चौहानको स्वरमा 'याद बाँकी छ' बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक यो प्रेम–विरहको गीत हो। प्रेम विवाह गरेकी युवतीले विवाहपछि श्रीमानबाट भोगेको पीडालाई भिडिओमा उतारिएको छ।
गीतको शब्द दिपक विष्टले लेखेका हुन्। संगीत श्रीधर अधिकारीको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन्।
भिडिओमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय छ। निकेश खड्काको निर्देशनमा तयार भिडिओका निर्माता रामकान्त न्यौपाने हुन्।
भिडिओमा विशाल सापकोटाको छायांकन, अमृत चापागाईंको सम्पादन छ।
'नमस्ते प्लस' युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो।
भिडिओः