कर्णालीको जन–जीवनमा आधारित रहेर म्युजिकल सर्ट फिल्म 'हिरूलालः द सोल अफ कर्णाली' निर्माण गरिएको छ।
यसमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ।
जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको म्युजिकल फिल्ममा विदेशिन बाध्य स्थानीयको पीडालाई देखाइएको छ। साथै कर्णाली र सुदूरपश्चिमबासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन् भन्ने कुरालाई पनि प्रस्तुत गरिएको छ।
यो म्युजिकल फिल्मलाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन्। यसको म्युजिक कम्पोज चक्र बमले गरेका हुन्।
उनी यो म्युजिकल फिल्मका एसिस्टेन्ट निर्देशक तथा गायक समेत हुन्।
चक्रलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन्। गीतमा समावेश ठाडी भाकामा देउडा गायिका डिक्रादेवी बादीले स्वर भरेकी छन्। यसको संगीत निर्माता कोविद बज्र हुन्।
भिडिओमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमको अभिनय छ।
भिडिओको कथा लेखक, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन्। भिडिओलाई सौरभ लामिछानेले छायांकन तथा सम्पादन गरेका हुन्।
केही दिनअघि काठमाडौंमा एक कार्यक्रमकाबीच यो म्युजिकल फिल्म सार्वजनिक गरिएको थियो।
यसले युट्युबमा अपेक्षित भ्युज नपाए पनि यो सिर्जनालाई लिएर थुप्रै संगीतकर्मीले प्रशंसा गरेका छन्।
भिडिओः