हङकङमा चर्चा कमाएको नेपाली ब्याण्ड दिव्यदृष्टिले 'बाटो लागि सके' बोलको गीत सार्वजनिक गरेको छ।
सार्वजनिक गीतमा डेल्ली राईको स्वर रहेको छ। डेल्लीलाई गिटारमा अगेन्द्र गुरुङ, बेस गिटारमा गौतम गुरुङ र ड्रममा एबि गुरुङले साथ दिएका छन्।
अनिल सुब्बाले निर्देशन गरेको म्युजिक भिडिओमा लिम्बू संस्कृति र रिलिरिवाजलाई प्रस्तुत गरिएको छ। गीतको भिडिओमा सोनिया लिम्बू र मिक्साहाङ लिम्बूलाई देख्न सकिन्छ।
सविन लिम्बूले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।