जापानी लेखक हारूकी मुराकामी अन्तर्राष्ट्रिय रूपमै चर्चित लेखक हुन्। अंग्रेजी लगायत दर्जनौं भाषामा अनुवाद हुने उनका उपन्यास तथा कथा संग्रहहरू दसौं लाख प्रति बिक्री हुन्छन्। मुराकामीको पछिल्लो किताब 'द सिटी एन्ड इट्स अनसर्टेन वाल' हालै प्रकाशित भएको छ।
मुराकामी जसरी उम्दा शैलीमा कथा बुन्छन्, प्रेम र जीवनप्रति उनका भनाइहरू पनि उत्तिकै उम्दा छन्।
हामीले मुराकामीले लेखेका विभिन्न किताबमा उल्लिखित केही प्रेमिल भनाइहरू यहाँ उद्धृत गरेका छौं-
१) तिमी आफ्नो मुटुको ढोका त खोल, सारा पीडाबाट त्यसै मुक्त हुनेछौ।
२) अरू सबैले मलाई बिर्सिदिऊन्, बस् तिमीले सम्झिए पुग्छ।
३) जतिसुकै पीडाबाट गुज्रिएको भए पनि ती पलहरूको सम्झनाबाट तिमी मुक्त हुन चाहँदैनौ।
४) कहिलेकाहीँ जब म तिमीलाई हेर्छु, यस्तो लाग्छ म दूर आकाशमा चम्किरहेको तारा हेर्दैछु।
५) हामी कफीको चुस्कीमा एकअर्कालाई भेट्न सक्थ्यौं, नि:शब्द!
६) तिमीले जेसुकै चाहना राखेको भए पनि त्यो त्यही रूपमा पाउँदैनौ जस्तो तिमीले चाहेका थियौ।
७) माया गर्दा किन यति धेरै चोट दिनुपर्ने हुन्छ?
८) मानिसहरू बिनाकारण प्रेममा पर्छन्। चाहेर पनि होइन, अनायासै। यसलाई अनुमान पनि गर्न सकिँदैन। यही त प्रेम हो!
९) जब तिमी ठूलो आँधीबाट बाहिर निस्किन्छौ, तिमी त्यही व्यक्ति हुने छैनौ, जस्तो पहिले थियौ।
१०) मौनताको आवाज सुन, त्यसले धेरै कुरा भनिरहेको हुन्छ।