बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासंग्रह 'अपरावर्ती' सार्वजनिक गरेका छन्।
देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासंग्रहमा कुल ८७ कविता संग्रहित छन्। कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए।
'कवितामार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु। यहाँ आफैँमा हराई रहेकालाई अरूको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु। यसमा किसान, समाज सबैको पक्षलाई समेटिएको छ,' उनले भने।
उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केही वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको बताए। उनले 'अपरावर्ती' को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए।
९२ पृष्ठ रहेको 'अपरावर्ती' को बजार मूल्य ३ सय ९९ राखिएको छ।