गजलकार खिम केसीको गजल संग्रह 'लोरी' लोकार्पण भएको छ।
केही दिनअघि घोराहीमा आयोजित एक कार्यक्रमबीच 'लोरी' लोकार्पण भएको हो।
राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष तथा वरिष्ठ गजलकार टीकाराम उदासीको अध्यक्षता तथा लोक साहित्य अनुसन्धानकर्ता गोविन्द आचार्यको प्रमुख आतिथ्यता र नायक जीवन लुइँटेल र र लोकप्रिय गजलकार प्रदीप रोदन लगायतले संयुक्त रूपमा 'लोरी' को लोकार्पण गरेका हुन्।
अध्यक्ष उदासीले संग्रहमा बदलिँदो परिवेशसँगै नयाँ प्रयोग भएको बताए।
यसैगरी प्रमुख अतिथि आचार्यले सुन्दर, मिठास लोरी नाम राखेको भन्दै खुसी व्यक्त गरे।
लेखक केसीले तत्कालीन कर्णाली अञ्चल र सुदूरपश्चिमाञ्चल प्रदेशमा काम गर्ने क्रमका भोगाइ पनि समेटिएको बताए।
उनले पुस्तक बिक्री र आफूले थप गरेर बुवाआमाको नाममा चार लाखको अक्षयकोष राप्ती साहित्य परिषद केन्द्रम स्थापना गर्ने बताए।
उनका अनुसार त्यसको व्याजबाट हरेक दुई वर्षमा बाल साहित्य प्रतियोगिता राखिने छ।
घोराही उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थी उक्त प्रतियोगितामा सहभागी हुनेछन्।
प्युठानमा जन्मिएर दाङमा शिक्षा दीक्षा हासिल गरेका गजलकार केसी केही वर्षयता अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन्।