हिरण्य भोजपुरेको लघुकथा संग्रह 'मुसुक्क म' सार्वजनिक भएको छ।
यस पुस्तकमा सय वटाभन्दा बढी लघुकथाहरू संग्रहित छन्। तीमध्ये अधिकांश कथाहरू एउटै पानामा सकिएका छन्।
भोजपुरेले यी लघुकथा लामो समय लगाएर तयार पारेका हुन्।
'यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,' उनले भने, 'त्यो कालखण्डमा म छोरी ज्वाईं, छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले प्रवासिँदाका नेपाली भोगाइ पनि यी कथाहरूमा समेटिन पुगेका छन्।'
भोजपुरेकृत लघुकथा संग्रह 'मुसुक्क म' एकैसाथ भौतिक पुस्तक, इ-बुक र अडियो बुकका रूपमा आएको छ। पब्लिकेशन नेपालयबाट प्रकाशित 'मुसुक्क म' पुस्तक पसलमा उपलब्ध छ भने अमेजनबाट पनि खरिद गर्न सकिन्छ।
डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।