सिएनएन हिरो म्यागी डोएनको दक्षिण एसियाली संस्करण 'बिटविन द माउन्टेन एन्ड स्काई: अ मदर्स स्टोरी अफ लभ, लस, हिलिङ एन्ड होप' किताब सार्वजनिक भएको छ।
उद्यमी अम्बिका श्रेष्ठ, समाजसेवी विना प्रधान र किताबकी लेखक म्यागीले शनिबार किताब सार्वजनिक गरेका हुन्।
संसार घुम्न अमेरिकाको आरामदायी जीवन छाडेकी म्यागीले 'ब्लिन्कनाउ फाउन्डेसन' र नेपालको सुर्खेतमा 'कोपिला भ्याली चिल्ड्रेन्स होम' नामक संस्था स्थापना गरेकी छन्।
१८ वर्षको उमेरमै बालबालिकाका क्षेत्रमा काम गर्न सुरू गरेकी उनले आफ्नो जीवनको उत्तरचढाव र सफलतालाई किताबमा समावेश गरेकी छन्। यो किताबको नेपाली अनुवाद पनि छिट्टै प्रकाशन हुने उनी बताउँछिन्।
म्यागीलाई सन् २०१५ मा सिएनएन हिरोको उपाधिबाट सम्मानित गरिएको थियो।