विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ।
लाइफ रिसर्च एण्ड पब्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन्।
विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कामय रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन्।
सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए।
लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष हुन्। आचार्यको यो पहिलो कृति हो।