पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा सार्वजनिक गरेको छ।
हालै अमेरिकाको न्यूयोर्कमा एक समारोहबीच कविता संग्रह ‘प्वाँख’को विमोचन गरिएको हो। उनको यस संग्रहमा ८७ वटा कविताहरू छन्।
पुस्तकबारे बोल्दै कवि प्राचीनले भने, ‘कविता मभित्र कुनै कोमल भावना बनि अवतरित भए। मैले सकेसम्म त्यो कोमलतालाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।’
अर्का कवि नवराज पराजुलीले नवीनका कविता सुनिसकेको जस्तो लाग्ने बताए। ‘उनका कविता संग्रह पहिल्यै सुनिसकेको जस्तो लाग्छ। सायद मेरो हृदयको अन्तर्ध्वनि थियो। तर कति चाहेर पनि कतै पढ्न पाएको थिइनँ। आज कविताले नवीनलाई चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ,’ उनले भने।
यस पुस्तकको मूल्य नेपाली बजारमा २९५ रूपैयाँ रहेको छ। यो पुस्तक ईबुक थुप्रै डटकम र अमेजनमा पनि उपलब्ध हुनेछ।