शिक्षक रमेश पाण्डेको आत्मावृतान्त 'एउटा शिक्षक' सार्वजनिक भएको छ। ५२वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लखिएको पाण्डेको पुस्तक आज सार्वजनिक गरिएको हो।
शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्य सचिव लिलामणि पौडेल र उनका दाइ मोहनबहादुर पाण्डेले संयुक्त उक्त पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव पौडेलले पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महशुस भएको बताए। ‘उहाँका विद्यार्थीहरु त भाग्यमानी भइहाले सरको कक्षामा बस्न नपाउनेहरुका लागि पुस्तक अवसर र मार्गदर्शक बन्नेछ,’ उनले भने।
लेखक पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरिरहेको बताए। २०३६ सालको राजनैतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झँदै पाण्डेले क्याम्पसको पठनपाठनलाई गुणस्तरीय बनाउन गरिएका योजनाहरु कार्यन्वयनमा विद्यार्थीहरुबाट साथ पाएको बताए। ‘जीवनमा धेरैलाई कृतज्ञता दिनुपर्ने थियो, घरघर पुगेर दिन सकिएन अब यहि पुस्तकबाट मेरो त्यो आकांशा पूरा हुन्छ भन्ने विश्वास लिएको छु,’ पाण्डेले भने।
एउटा शिक्षकको लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो। घोस्ट राइटिङका अध्यक्षकमल ढकालले रमेश एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व भल्काउन पाएकोमा गर्व महशुस भएको बताए।
पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरुमा बसेर गरेको योगदानलाई पुस्तकमा समेटेका छन्।