लामो समयदेखि शिक्षण सेवामा आवद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ सार्वनजनिक भएको छ।
पद्मप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै देवकोटाले अंग्रेजी भाषाको पुस्तक धेरै भएपनि अन्यभन्दा धमलाको पुस्तक फरक तथा नयाँ रहेको बताए। ‘पछिल्लो समय नेपालमा पनि अंग्रेजी साहित्य राम्रो लेखिन थालेको महुशस भयो। पुस्तकमा समेटिएका कविताहरू अर्थपूर्ण र मनन गर्न बाध्य बनाउने खालका छन्,’ उनले भने।
पुस्तकमा समाज तथा राजनीतिक परिवर्तनको भोगाइलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
कार्यक्रममा अरुण गुप्ता, केशल सिग्देललगायतका साहित्यकारहरुको उपस्थिति थियो।