उपन्यास ‘मोक्षभूमि’माथि संवाद गरिएको छ।
कर्णाली साहित्य समाजले शुक्रबार वीरेन्द्रनगरमा ‘मोक्षभूमिमाथि सिंजा संवाद’ कार्यक्रमको आयोजना गरी पुस्तकको बारेमा विचारविमर्श गरिएको हो।
मोक्षभूमिका लेखक उपन्यासकार केशव दाहालसँग साहित्यकार तथा कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाहले संवाद गरेका थिए।
मोक्षभूमिको लेखन, उपन्यासमा भएको विषयवस्तु, कृतिले दिने सन्देशलगायतका विषयमा लेखक दाहालसँग संवाद गरिएको हो।
‘मान्छेले अरूलाई ढाँटे पनि आफ्नो मनलाई कहिल्यै पनि ढाँट्न नसक्ने भएकाले साहित्यसँगको संवाद मखमली हुन्छ,’ संवादका क्रममा उपन्यासकार दाहालले भने, ‘किनभने साहित्य मनदेखि प्रभावित हुने विषयवस्तु हो।’
‘दास प्रथा भएको समाजमा मुक्तिका लागि विद्रोह हुन्छ’ भन्ने कुरालाई आधार मानेर आफूले मोक्षभूमिको रचना गरेको दाहालले बताए।
कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेको उक्त संवादमा पिताम्बर ढकाल, युद्धविक्रम शाही, मणिकुमार पोखरेल, उमालाल आचार्य, ऋषिप्रसाद थानी, लिला ढकाल, हरिलाल महतारा, मायाप्रसाद शर्मा, हरिलाल महतारा, जागेश्वर नेपाल, मनोज दाहाल, सर्जन सिंह, अनिल ढकाल, पवन थापा, कृष्ण विरही जलन, महेन्द्र चन्द महासागर, पहल असिम थापा, भगवती विसी, यज्ञ खत्रीलगायतका साहित्यकार सहभागी थिए।