सन् २००७ मा मञ्जिुलिका बनेर अभिनेत्री विद्या बालनले दर्शकलाई डराएकी थिइन्।
जब १५ वर्षपछि 'भूल भुलैया' को सिक्वेल बनेको थियो। त्यतिबेला मञ्जिुलिकाको कमी रहेको दर्शकको प्रतिक्रिया थियो। हालै उनले 'भूल भुलैया २' किन अस्वीकार गरेकी थिइन् भनेर खुलाएकी छन्।
'म निकै डराएको थिएँ, किनकी भूल भुलैयाले मलाई निकै कुरा दिएको थियो। त्यसैले मेरो तर्फबाट केही गलत भयो भने सबै बर्बाद हुन्छ। मैले अनीस जीलाई यस जोखिम उठाउन सक्दिनँ भनेकी थिएँ,' उनले भनिन्।
यसको सिक्वेल हिट भएपछि तेस्रो पार्टको अफर आउँदा तुरून्तै स्वीकार गरेको उनले बताइन्।
अनीस बज्मी निर्देशित फिल्म 'भूल भुलैया ३' मा कार्तिक आर्यन, तृप्ति डिमरी, विद्या बालन र माधुरी दीक्षितको मुख्य भूमिका छ। यो फिल्म नोभेम्बर १ देखि प्रदर्शन हुँदैछ।
सन् २०२२ मा रिलिज भएको फिल्म 'भूल भुलैया २' मा कार्तिक आर्यन, कियारा आडवाणी र तब्बूको मुख्य भूमिका थियो।