बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा पलले बिहे गरेका छन्।
राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको आफूहरूबीचको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन्।
राजकुमारले सामाजिक सञ्जालमार्फत पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन्।
पत्रलेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन्।
दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो।
विवाहमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले नवविवाहिता जोडीलाई बधाइ दिएका थिए।